३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

समृद्धि फाइनान्स कम्पनी र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

२१ पुस, काठमाडाैँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता भएको छ । पौष २० गते लघुवित्त तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्यम कर्जा, कृषि कर्जा तथा शैक्षिक कर्जा तथा शैक्षिक बेरोजगार व्यवसाय कर्जा र निर्यात कर्जा कार्यक्रममा प्रदान गरेको कर्जा सुरक्षण गर्न सम्झौता भएको हाे ।


सम्झौता कोषको प्रधान कार्यालय गहनापोखरी टङगाल, काठमाण्डौमा भएको हो । सम्झौतामा समृद्धि फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी र निक्षेप तथा कर्जा सुरक्षण कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विष्णु बाबु मिश्रले हस्ताक्षर गरेका हुन । नेपाल राष्ट्र बैंकबाट “ग” बर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले ५ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।

प्रकाशित मिति : २१ पुष २०७७, मंगलवार १२:०८