२९ कार्तिक २०८१, बिहीबार | Fri Nov 15 2024

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन

४ असार, काठमाडौँ । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

निको नहुने रोग लागेपछि आफ्नै देशमा प्राण त्याग गर्ने चाहना अनुसार नेपाल फर्किएका डा देवकोटालाई केही दिन अघि आफ्नो जन्म जिल्ला गोरखा लगिएकत्त थियो । लामो समय बेलायतमा उपचार गराएका डा. देवकोटा आफ्नै जन्मभूमिमा मर्ने चाहना बोकेर नेपाल फर्किएका थिए ।

अस्पतालको विज्ञप्ति

प्रकाशित मिति : ४ असार २०७५, सोमबार १९:३०