प्रचण्डको पार्टीमा माधव नेपालको हैसियत कार्यदलको संयोजक मात्रै !
२० पुस, काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन गरेर नयाँ समूह बनाएका प्रचण्डको पार्टीमा नाममात्रको अध्यक्ष बनाएका माधवकुमार नेपाललाइ कार्यदलको संयोजक बनाइएको छ । केपी शर्मा ओलीविरूद्ध प्रहार गर्न प्रचण्डका लागि ढाड थापिदिएका नेपाल प्रचण्डको मामुली कार्यकर्तामात्र रहेको समयक्रमले प्रष्ट हुँदै गएको छ ।
क्रिष्चियनहरूको दलाली गरेको आरोप लगेपछि पार्टीभित्र एक्लिदैँ गएका नेपाल ओली र प्रचण्डको विवादको बीचमा प्रवेश गरेर प्रचण्डलाइ ढाडमा टेकाउने अवस्थामा पुगेका थिए । माधव नेपालको होलीवाइन काण्ड जनताले बिर्सिन बर्साैँ लाग्नेछ । एकपछि अर्को गर्दै माधव नेपाल मामुली कार्यकर्तामात्र रहेको प्रमाणित गराउन प्रचण्डले गरेका प्रयास व्यहारिक रूपमा देखिदैँ आएका छन ।

केपी शर्मा ओलीसँगै अध्यक्ष रहँदा विज्ञप्तिमा समेत सँगै हस्ताक्षर गर्नुपर्ने प्रचण्डले माधव नेपाललाइ अध्यक्षको बिल्ला भिराइदिएपछि अध्यक्ष भनेर विज्ञप्तिमा सँगै हस्ताक्षर गर्न समेत दिएनन् । हुँदाहुँदा आइतबार तत्कालीन माओवादीको पार्टी कार्यालय पेरसडाँडामा बसेको प्रचण्ड पार्टीको बैठकले माधव नेपाललाइ कार्यदलको संयोजक बनाइदियो ।
माधव नेपालले त्यो पनि खुशीसाथ स्वीकार गरे । पार्टी विभाजन वडा तहसम्म पुर्याउने र जनवर्गिय संगठनको समेत विभाजनको खाका बनाउने गरी नेपालले १० सदस्यीय कार्यदलको संयोजक पाए । उक्त कार्यदलमा गिरिराजमणी पोखरेल, गोर्कण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेत, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे सदस्य रहेका छन । सामन्यतया पार्टी अध्यक्ष स्वयं यस्ता कार्यदलको संयोजक बन्दैनन् । तर प्रचण्डले नेपाललाइ कार्यदल संयोजक बनाएर उनको पार्टी भित्रको हैसिय देखाइदिएका छन ।
प्रकाशित मिति : २० पुष २०७७, सोमबार १४:५०












