३ चैत्र २०८१, आईतवार | Sun Mar 16 2025

आँफूले के पाएँ हैन देशका लागि के दिएँ भन्ने भावले काम गर्न महानिरीक्षक खनालको निर्देशन

१९ पुस, झापा । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आँफूले के पाएँ हैन देशका लागि के दिएँ भन्ने भावले काम गर्न मातहतका अधिकारीलाई निर्देशन दिनुभएको छ । आइतबार झापामा सशस्त्र प्रहरी बल दुई नम्बर गणको उद्घाटन गर्दै महानिरीक्षक खनालले भन्नुभयो ‘देश र संगठनबाट आँफूले के पाएँ भन्ने भन्दा पनि देश र संगठनलाई मैले के दिएँ भन्ने भावनाका साथ परिचालित भएमा सच्चा राष्ट्रसेवकको कर्तव्य निर्वाह हुन्छ ।’

महानिरीक्षक खनालले सशस्त्र प्रहरी कर्मचारीहरुलाई ईमान्दार¸ अनुशासीत¸ बफादार¸ नैतिकवान र व्यवसायिक भई नागरिकको सेवा¸ सुरक्षा¸ सहयोग तथा उद्दारमा उच्च मनोवल र दृढ संकल्पका साथ परिचालित हुन निर्देशन दिनुभएको छ ।

तराईका जिल्लामा २३७ जनाको संख्या रहने गरी स्थापना भएका सीमा सुरक्षा कार्यालयहरु महानिरीक्षक खनाल सशस्त्र प्रहरी महानिरीक्षकको रुपमा नियुक्त भएपश्चात सांगठनिक पुनर्संरचनाका लागि तयार गरिएको “संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७५” नेपाल सरकार मन्त्रिपरिषदद्वारा स्विकृत भएपश्‍चात ६२१ जनाको संख्यामा रहने गणको रुपमा स्तरोन्‍नती भएका थिए जसका कारण तराईका जिल्लामा सशस्त्र प्रहरीको परिचालनमा वृद्धी भई सीमा सुरक्षा थप प्रभावकारी र मजवुद भएको थियो।

महानिरीक्षक खनालले आजै झापा जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गरी जिल्लाको समग्र वस्तुस्थितीको बारेमा जानकारी लिनुका साथै झापा जिल्लामा रहेका सशस्त्र प्रहरी बल नेपालका बोर्डर आउट पोष्टहरुको स्थलगत निरीक्षण तथा अवलोकन गरी बिओपीमा कार्यरत कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

 

प्रकाशित मिति : १९ पुष २०७७, आईतवार १९:३५