१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल दुई वर्ष

४ असार, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुई वर्ष कायम भएको छ । नेकपाबाट राष्ट्रियसभा सदस्य बनेका खतिवडा हाल अर्थमन्त्री छन् ।

आज भएको गोलाप्रथामा उनलाई दुई वर्षे कार्यकालको चिठ्ठा परेको हो । दुई वर्षपछि राष्ट्रियसभा सदस्य नहुने भएपछि उनी अर्थमन्त्री पनि हुने छैनन् ।

प्रकाशित मिति : ४ असार २०७५, सोमबार १२:४८