१२ पुष २०८२, शनिबार | Sun Dec 28 2025

कमरेडहरू ! नेताको चरित्र हत्या गर्न सिकाएर नयाँ पुस्तालाई के संस्कार दिन खोजेको ?

१६ पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचेतक शान्ता चाैधरीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरूसँग नयाँ पुस्तालाई गलत सल्लाह नदिन अनुरोध गर्नुभएको छ । समाजिक सञ्जाल फेसबुक मार्फत सचेतक चाैधरीले चरित्र हत्या गर्न सिकाएर नयाँ पुस्तालाई के संस्कार दिन खोजेको ? भन्दै प्रश्न गर्नुभएको छ । राष्ट्रपतिको विरूद्धमा तुच्छ शब्दहरू उच्चारण गर्न लागएर नाराबाजीमा कार्यकर्ता उतारेपछि प्रचण्ड र नेपालहरूको चर्को आलोचना भैरहेको छ ।

चाैधरीले यस्तो लेख्नु भएको छ (उहाँकै भाषामा)

एउटा नारी जो देशको उच्च र सम्माननिय पदमा छ र जसको श्रीमानलाई देशले गर्व गर्छ, सम्मानले जनता सिर झुकाउछन। अर्का पुरुष देशका प्रधानमन्त्री हुन् शंघर्षमा जिबन बिताए र उहाँको श्रीमती साथमा हुनुहुन्छ। अनि आन्दोलनको दौरानमा लामो समय एउटै रथमा सवार साथीहरु बाटै जोई र पोइ (हाम्रो गाउले भाषामा) को नामले नारा लगाउनु कुन हदको मानबियता हो।

यति धेरै एउटा नारीको एकल महिलाको अपमान भै रहेको अहिलेको अबस्थामा त्यस्तै अर्को नारीले त्यस्तो नारालाई सहर्ष स्वीकार गर्नु कत्तिको उचित हो ? आफुमा त्यस्तै आरोप आईपरे न्याय खोज्नु त पर्ला नि? कि महिलाहरुको यो नियति नै हो? सभ्य समाजले यो कुरा तेत्तिकै पचाउन मिल्छ र? एस्तो चरित्र हत्या गर्ने संस्कार सिकाएर नंया पुस्तालाइ के दिन खोजेका छौं ?

मेरा आदरणीय नेताहरुको विरुद्ध एस्तो तल्लो स्तरको नारा लगाउदा मेरो त मुख नै बन्द हुन्छ। शंघर्षबाट आएका नेताहरुको निकृष्ठ हिसाबले पुत्ला जलाउदा मेरो त हात नै काम्छ। तपाईं हरुलाइ केहि हुदैन र? राजनीतिक मत भिन्नता भएपनी सबै नेता हाम्रो अग्रज हुनुहुन्छ उहाहरु को गलत हिसाब ले चरित्र हत्या गरेर के प्राप्त गर्न खोजेका छौंहामी! हामी हामी बीच आबेसमा असभ्य तरिकाले प्रस्तुत हुनु भन्दा सभ्य बनौँ, एक अर्कालाई सम्मान गरौँ, बाकि राजनीतिक कुरा त समयले बताउछ।

प्रकाशित मिति : १६ पुष २०७७, बिहीबार १९:२०