३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

उखु किसानको रकम नतिर्ने लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

१६ पुस,काठमाडाैँ । प्रहरीले उखु किसानको रकम नतिर्ने मिलका सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीले उखु किसानको रकम नतिर्ने लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको हाे । उनलाई पर्साबाट पक्राउ गरिएको हो ।

बिहीबार बिहान अपराध महाशाखाका टोलीले पर्सा प्रहरीसँग समन्वय गरी वीरगन्जबाटअग्रवाललाई पक्राउ गरेको हाे । उखु किसानलाई उक्त चिनी मिलले १७ करोड तिर्न बाँकी रहेको छ । अग्रवाललाई काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : १६ पुष २०७७, बिहीबार १३:१२