१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

तस्बीरमा हेर्नुहोस् ‘२२ औँ संस्करणको पोखरा सडक महोत्सव’

१५ पुस, कास्की । रेष्टुराँ तथा बार एशोसिएशन (रेवान) पोखराद्धारा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा आयोजित ‘२२ औँ संस्करणको पोखरा सडक महोत्सव’ को बुधबारबाट सुरू भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले बुधबार महाेत्सवको उद्घटन गरेका छन ।

‘समृद्ध समाजको लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको आवश्यकता’ भन्ने मूल नाराका साथ आयोजित सडक महोत्सव यही पुस १७ गतेसम्म सञ्चालन गरिने रेवानका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिनुभयो । विगत वर्षहरुमा महोत्सव एक हप्तासम्म सञ्चालन हुँदै आएको थियो ।

हल्लनचोकबाट महोत्सव सफल पारौँ भन्ने सन्देश दिने खालका पर्यटन व्यवसायी, आमा समूहद्वारा प्रस्तुत विभिन्न सांस्कृतिक कार्यक्रम एवं झाँकीसहितको ¥याली पर्यटकीय क्षेत्र लेकसाइडको अम्बोटमा आएर सभामा परिणत भएको थियो । कार्यक्रममा गुरुङ, थारु समुदायका कलाकारले नृत्य प्रस्तुत गरेका थिए । तस्बीरहरूः रासस

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार १९:४८