एमालेको सम्पत्तिमा र्याल काढ्दै प्रचण्ड, भीम रावलले ३० लाख गायव पारे
१५ पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन गरेका पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन एमालेको सम्पत्तिमा गिद्दे नजर लगाउँदै र्याल काढेका छन । प्रचण्डले पूर्व एमालेको सम्पत्ति समेत कब्जाका लागि विभिन्न बैंकमा पत्राचार गरेको खुलासा भएको छ । प्रचण्डका कार्यालय सचिव श्रीराम ढकालले प्रचण्ड र माधवकुमार नेपालको हस्ताक्षरसहित बैंक तथा वित्तीय संस्थाहरुको खाता रोक्का गर्न पत्र पठाएको खुलासा गरेका छन ।
प्रचण्डको र नेपालको नाम समेत नभएको खाता रोक्न पत्राचार गरेपछि तत्कालीन एमालेको सम्पत्ति कब्जाका निम्ति प्रचण्डहरूको कु दृष्टि सार्वजनिक भएको छ । उनीहरूले पत्राचार गरे पनि खातासँग सम्बन्धित व्यक्ति नभएका कारण त्यो रोक्का नहुने नेकपाका कार्यालय सचिव इश्वरी रिजालले बताएका छन ।

उता नेकपा सुदुरपश्चिमका इन्चार्ज डा भीमबहादुर रावलले पार्टीको खाताबाट ३० लाख रूपैयाँ गायव पारेको आरोप लागेको छ । अनेरास्ववियूका संयोजक ऐन महरले रावले प्रचण्डको कार्यकर्ता भएपछि नेकपा सुदुरपश्चिमको कृषि बिकास बैंकको खातामा रहेको ३३ लाख मध्ये ३० लाख रुपैया किर्ते गरि डकैत गरेको आरोप लगाएका छन ।

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार १८:१८












