१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

मिस युनिभर्स नेपाल २०२० का लागि एनसेलको सहकार्य

१५ पुस, काठमाडाैँ । एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘अनपज’ अभियान र ‘गो’ पहल अन्तर्गत ब्रेभ बोल्ड एन्ड ब्युटीफुल प्रालिसँग ‘मिस युनिभर्स नेपाल २०२० का लागि सहकार्य गरेको छ । महिला सशक्तीकरण प्रवर्द्धन गर्ने तथा आफ्ना सपना साकार पार्न अघि बढिरहेका महिलालाई सहयोग गर्ने यस सहकार्यको उद्देश्य हो ।

एमयूएन एक समावेशी मञ्च हो, जसले नेपाली महिलालाई नेतृत्वदायी भूमिकामा पुग्ने गरी महिला सशक्तीकरणमा सहयोग पुर्याउने विश्वासका साथ काम गरिरहेको छ । यस सहकार्यअन्तर्गत एनसेल ‘कनेक्टेड बाई पार्टनर’को रुपमा आबद्ध भएको छ ।

एनसेलले हालै मात्र महिलाका लागि ‘अघि बढौं’ भन्ने थिमका साथ विषेश रुपमा तयार पारिएको ‘गो सिम’ प्याक ल्याएको थियो । एनसेलको ‘गो’ पहलको दर्शन भनेको प्रगतिशील महिलालाई आफ्ना लक्ष्य प्राप्तिका लागि अघि बढ्न प्रोत्साहन गर्नु हो । नेपालमै पहिलो पटक समावेशी दृष्टिकोणमा आधारित भई अगाडि बढिरहेको एमयूएनको पनि यही दर्शन छ ।

एनसेलले पुस ११ गते यही सहकार्य अन्तर्गत रही ‘मिस युनिभर्स नेपाल २०२०’ का उत्कृष्ट १८ जनामा आउन सफल प्रतिस्पर्धीसँग डा. रवीना देशराज (डेप्युटी सीईओ, मेगा बैंक), प्रियंका कार्की (कलाकार) र पूजा रिजाल (सोलो ट्राभलर)को अन्र्तक्रिया पनि आयोजना गरिएको थियो ।

प्रतियोगिताको फाइनल बुधबार साँझ हुनेछ । उत्कृष्ट १८ मा छानिएका मध्येबाट एक प्रतिस्पर्धीले ‘मिस युनिभर्स २०२०’को ताज जित्न सफल हुनेछिन् । ताजसँगै विजयीले रु. २५ लाख बराबरको पुरस्कार पाउनेछन् । आकर्षक नगद पुरस्कारका साथै आयोजकहरूले विजयीलाई विश्वमा हुने यस किसिमका प्रतियोगितामा सहभागी गराउनेछन् ।

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार १७:३२