३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

अलफर्दान एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

१४ पुस, काठमाडाैँ । इसेवा मनि ट्रान्सफर र यूएईको ख्यातिप्राप्त रेमिट्यान्स् सेवा प्रदायक कम्पनी अलफर्दान एक्सचेन्जबीच रेमिट्यान्स् कारोबार सम्झौता भएको छ । यो सेवा सुरु भएसँगै यूएईमा रहेका नेपालीहरुले “अलफर्दान एक्सचेन्ज”का ६५ वटा शाखाहरुबाट नगदमा तथाकुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सकिनेछ । नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपाल भर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा इसेवावालेट एप मार्फत पनि प्राप्त गर्न सकिनेछ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ ।


रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवामनि ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक –अजेश कोइराला र अलफर्दान एक्सचेन्ज रेमिटेन्सको तर्फबाट पूर्व प्रमुखकार्यकारी अधिकृत –ओसामाअल राहमाले हस्ताक्षर गर्नुभयो । इसेवामनि ट्रान्सफरले डिजिटल र एजेन्ट बेस रेमिट्यान्स् सेवामार्पmत विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नुे उद्देश्य रहेको इसेवामनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताउनु भयो ।

प्रकाशित मिति : १४ पुष २०७७, मंगलवार १४:०६