१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

मन्त्री नभएपछि बजेटमाथिको छलफल स्थगित

३ असार, काठमाडौं । मन्त्रालयगत बजेट विनियोजनमाथिको छलफलमा सम्बन्धीत मन्त्री नै अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बैठकमा सांसदहरुको उपस्थिति न्यून थियो नै तर, छलफल भएका चारवटै मन्त्रालयका मन्त्री उपस्थित नभएका कारण बैठक स्थगित भएको छ ।

आइतबार महिला बालबालिका, संघीय मामिला, सहरी विकास र वन मन्त्रालयको बजेटमाथि छलफल भइरहेको थियो । कांग्रेस सांसद अमरेशकुमार सिंहले नियमापत्ति गरेका थिए । संसद नियमावलीमा सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य भएको भनिएको तर, बैठकमा चार जनामध्ये कोही पनि उपस्थित नभएको भन्दै उनले नियमापत्ति गरे ।

प्रकाशित मिति : ३ असार २०७५, आईतवार १३:५६