अध्यादेश ल्याउनु मेरो बाध्यता थियोः प्रधानमन्त्री ओली
१ पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउनु आफ्नो बाध्यता रहेको बताएका छन । स्थायी कमिटी बैठकमा बोल्दै नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले परिषद्का सदस्यको निरन्तरको असहयोगका कारण अध्यादेश ल्याउन बाध्य भएको बताएका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपरान्ह बसेको पार्टीको स्थायी कमिटी बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले किहले कुन सदस्य त कहिले कुन सदस्यले बैठकमा अनुपस्थिति जनाएर असहयोग गरेको बताए । ओलीले सदस्यहरूको असहयोगका कारण संवैधानिक निकायहरूले पूर्णता पाउन नसकेको र धेरै काम रोकिएको बताए ।

ओलीले बैठकमा सबै जना सहमतिका लागि तयार रहेको भए आफूले अध्यादेश फिर्ता लिने बताएका थिए । नेकपामा पूर्वप्रधानमन्त्रीहरूको क्लब विभाजनको बिउ बन्ने खतरा बढेको छ । पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले सरकारलाइ घेराबन्दी गर्न अनेक प्रयास गर्दै आएका छन । पूर्व प्रधानमन्त्रीको घेराबन्दीमै परेको कारण सरकारले पछिल्लो एक वर्षदेखि खासै गति लिन सकेको छैन ।
प्रकाशित मिति : १ पुष २०७७, बुधबार १९:४०












