२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मंगलबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

३० मंसिर, काठमाडौँ । मंगलबार पनि सुनको मूल्य  घटेको छ । मंगलबार १ सय रुपैयाँले घटेर  छापावाल सुनको मूल्य तोलाको ९२ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार ८५० रुपैयाँ निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलवार ११:४७