५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

चार मन्त्रीले लिए सपथ, बादल गृह, खतिवडा अर्थ, पोखरेल  रक्षा


१४ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चार मन्त्री थप्दै सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । यससँगै माओवादी केन्द्र पनि सरकारमा सहभगी भएको छ तर, सरकारले पूर्णता पाउन भने अझै केही समय लाग्ने देखिएको छ ।

माओवादी नेता रामबहादुर थापा बादल गृहमन्त्री बनेका छन् । पूर्वरक्षामन्त्री समेत रहेका बादल माओवादीका वरिष्ठ नेता हुन् र सरकारमा पार्टीको नेतृत्व उनले नै गर्नेछन् ।

युवराज खतिवडा अर्थमन्त्री बनेका छन् । पूर्वगर्भनर तथा योजना आयोगका उपाध्यक्ष समेत रहेका खतिवडालाई राष्ट्रियसभा सदस्य समेत मनोनित गरिएको छ । एमालेबाट महासचिव ईश्वर पोखरेल  रक्षामन्त्री बनेका छन् ।त्यस्तै माओवादीबाट मात्रिका यादव मन्त्री बनेका छन् ।तर, सर्वोच्चले अन्तरिम आदेशमार्फत सपथ रोकेको छ । यद्यपि मन्त्री बन्न त्यसले रोकेन ।

नवनियुक्त मन्त्रीहरुले सोमबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।सोमबारको विस्तारसँगै ओली सरकार सात सदस्यीय बनेको छ । लालबाबु पण्डित र थममाया थापा प्रधानमन्त्रीको सपथकै दिन मन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७४, सोमबार १७:०५