१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सरकारलाई थप प्रभावकारी बनाउने नेकपाको निर्णय

२ असार, काठमडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले सरकारलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी समितिका सदस्यहरुलाई सरकारलाई सफल बनाउने दिशामा काम गर्न निर्देशन दिएका हुन ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको कामकारबाहीबारे पनि छलफल भएको र सरकारको कामले जनतामा सकारात्मक प्रभाव परेको ठहर गर्दै बैठकले अझ राम्रो गर्न आत्मसमिक्षा गर्दै अघि बढ्ने निर्णय गरेका जानकारी दिए । श्रेष्ठका अनुसार बैठकमा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामलाई प्रभावकारी र परिणाममुखी बनाउने दिशामा अघि बढ्न निर्देशन दिएका छन् ।

बैठकले एकतालाई थप सुदृढ गर्दै संगठनात्मक संरचनालाई छिटो अन्तिम रुप दिनु पर्नेमा जोड दिएको छ । स्थायी समिति बैठकले पार्टी नियमावलीबारे १० दिनभित्र सुझाव दिन स्थायी समिति सदस्यहरुलाई भनेको छ । त्यसका आधारमा सचिवालयले स्थायी कमिटीमा प्रस्ताव ल्याउनेछ ।

 

प्रकाशित मिति : २ असार २०७५, शनिबार २०:४३