१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

भूकम्प अतिप्रभावित १४ जिल्लाका ७१ प्रतिशत लाभग्राही पुनर्निर्माण प्रक्रियामा

१४ फागुन, काठमाडाैँ । भूकम्प अतिप्रभावित १४ जिल्लाका ७१ प्रतिशत लाभग्राही पुनर्निर्माण प्रक्रियामा रहेकाे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणे जनाएको छ । प्राधिकरण स्थापना भएको दुई बर्ष दुई महिनामा भूकम्प अतिप्रभावित १४ जिल्लाका ७० प्रतिशतभन्दा बढी लाभग्राही नीजि आवास पुनर्निर्माण प्रक्रियामा संलग्न भएका छन् ।

प्राधिकरणको फागुन १४ सम्मको तथ्याङ्कअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लाका कुल ६ लाख ६७ हजार ६ सय ६२ मध्ये ६ लाख १० हजार ५ सय भूकम्पपीडितसाग अनुदान सम्झौता भइसकेको छ भने १ लाख २ सय ३६ घरको पुनर्निर्माण सम्पन्न भएको छ र ३ लाख ३२ हजार ३ सय २१ घर पुनर्निर्माण भइरहेको छ ।

पााच बर्षको कार्यादेशसहित सरकारले २०७२ पुस १२ गते स्थापना गरेको प्राधिकरणले नीजि आवास पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । यही अनुपातमा नीजि आवास पुनर्निर्माणको काम अघि बढे आगामी बर्खाअघि करिब ६० प्रतिशत पुनर्निर्माण भइसक्ने प्राधिकरणको आंकलन छ ।

नीजि आवास पुनर्निर्माणको समयसीमा तोकिएको र प्राविधिकहरु स्थानीय स्तरमा परिचालन गरिएको, डकर्मी तालिम व्यापक रुपमा संचालन गरिएको एवं निर्माण सामग्री तथा काठको आपुर्ति सहज भएकाले जिल्लामा घर बनाउने लाभग्राहीकोृ संख्या उल्लेख्य रुपमा बढेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले बताउनुभयो ।

उहााले भन्नुभयो, ँहामीले स्थानीय जनप्रतिनिधि तथा लाभग्राहीसाग अन्तक्र्रिया गरेर पुनर्निर्माणका लागी थप प्रोत्साहन गरिरहेका छौं, त्यसैले आउादो बर्खाअघि करिब ६० प्रतिशत लाभग्राहीलाई छानोमूनि ल्याउने लक्ष्य पुरा हुनेमा हामी विश्वस्त छौ ।”

भूकम्प कमप्रभावित १८ जिल्लामा बनिसकेका र बन्दै गरेका घरको विवरण प्राधिकरणको केन्द्रिय सूचना प्रणालीमा समाविष्ट नभएकाले निर्माणाधीन र निर्माण सम्पन्न घरको संख्या अझै बढ्ने प्राधिकरणका प्रबक्ता यम लाल भूसालले बताउनुभयो ।

ती जिल्लामा रहेका कुल १ लाख ४३ लाभग्राहीमध्ये अनुदान सम्झौता भएका ९० हजार ८ सय ५० को पछिल्लो तथ्याङ्क आउने क्रममा रहेको सूचना व्यवस्थापन तथा संचार शाखाका प्रमुख मनोहर घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : February 26, 2018 at 3:35 pm