३ चैत्र २०८२, मंगलवार | Wed Mar 18 2026

अरुण भ्याली हाइड्रोपावरको शेयर मूल्य समायोजन

२६ मंसिर, काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५% बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य २३४ रुपैयाँ निर्धारण भएको छ । यहि मूल्यलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २४६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

अरुण भ्याली हाइड्रोपावले पुस ८ गते बस्ने साधारण सभाको लागि शुक्रबार मंसिर २६ गते बुक क्लोज गरेको छ । जसअनुसार बिहीबार मंसिर २५ गतेसम्म कायम सेयरधनीले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५% बोनस र (कर प्रयोजनको लागि ०.२६३% ) नगद लाभांश वितरण गर्न लागेको हो ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार ०८:४६