३ चैत्र २०८२, मंगलवार | Wed Mar 18 2026

बिहीबार नेप्सेमा ६ लाख ४२ हजार कित्ता शेयर सूचिकृत

२५ मंसिर, काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ६ लाख ४२ हजार २ सय २१ कित्ता सेयर  सूचिकृत भएको छ ।

नेप्सेले एक सूचना प्रकाशन गर्दै नव किरण लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १००:९५ काे अनुपातमा गाभिँदा कायम हुन आएकाे प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे ६ लाख ४२ हजार २ सय २१ कित्ता शेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे जानकारी दिएको छ । बिहीबार बाट मर्जर प्रयाेजनका लागि राेक्का भएकाे संस्थाकाे काराेबार समेत फुकुवा गरिएकाे नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार १४:४८