सेयर बजारमा फेरि फर्कियो रौनकता, ७२ अंकले बढेकाे बजारमा ६ अर्ब ६६ करोड बढीकाे कराेबार
२२ मंसिर, काठमाडाैँ । सेयर बजारमा फेरि एकाएक रौनकता देखिएको छ । सुरुवाती चरणमा निकै उतारचढाव देखिएको बजार विस्तारै लयमा फर्किन लागेको हो । आइतबार नेपाली पुँजी बजारको इतिहासमै सर्वाधिक अंकको गिरावट आएपछि आम लगानीकर्ता आत्तिएका थिए । केन्द्रीय बैंकले सेयर धितो कर्जामा पुनरावलोकन गर्ने भनेपछि लगानीकर्ता एकाएक झस्किएका थिए ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक ७२.२८ अंकले बढेर २००४.३९ अंकमा पुगेको छ । नेप्से ३.७४ प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि १२.१० अंकले बढेको ३८२.५५ अंकमा पुगेको छ ।

कुल २ सय ६ वटा कम्पनीको १ करोड १९ लाख २० हजार ८१९ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८१३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहमा १२ वटै उपसमूहकाे सेयर बढेकाे छ ।
प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार १५:२८













