१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

डीडीसीको घिउ जापान निर्यातः चारदेखि पाँच सय मेट्रिक टन लाने सम्झौता

२२ मंसिर, सिरहा । दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको घिउ जापान निर्यात हुन थालेको छ । कोभिड–१९ को सुरुवातसँगै निर्यात हुन थालेको घिउ हालसम्म १७ हजार लिटर जापान गइसकेको छ । अझै १५ हजार लिटरको अर्डर भएको डीडीसीका महाप्रबन्धक रुद्रमणि पौडेलले बताउनुभयो ।

जापानका व्यापारीले नेपालका व्यापारीसँग सम्पर्क गरी घिउ लाने गरेको उहाँले बताउनुभयो । जापानका व्यापारीहरू नेपाल आएर डीडीसीको कारखाना अवलोकन गरी उत्पादन प्रक्रिया तथा गुणस्तर हेरेपछि घिउ लान तयार भएको डीडीसीका योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले बताउनुभयो ।

खाद्य,  प्रविधि तथा  गुण नियन्त्रण विभागले गुण‚तरको प्रमाणित गरेपछि जापानका  व्यापारी  घिउ  लैजान तयार भएका हुन् । डीडीसीले जापानी व्यापारीको उपस्थितिमा यहाँबाट निर्यात गर्ने व्यापारीसँग सम्झौता गरेको छ । प्रत्येक महिना  चार–पाँच  सय  मेट्रिक टन घिउ लग्ने सम्झौता भएको प्रमुख झाले बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार ०९:४३