१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

माउन्टेन इनर्जीको आइपिओ बाँडफाँट, ५ जनाले पाए थप १ कित्ता

१७ मंसिर, काठमाडाैँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले जारी गरेको आइपिओ बाँडफाँड भएको छ । माउन्टेन इनर्जी कम्पनीले कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म निष्कासन गरेको १९ लाख ६८ हजार २७ कित्ता आइपिओ बाँडफाँड गरिएको हो ।

६ लाख ७४ हजार जना आवेदन मध्ये १ लाख ८३ हजार २६ जना आवेदनले गोलाप्रथामार्फत १० कित्ताका दरले शेयर पाएका छन् । यसरी बाँडफाँटपछि बाँकी रहेको ५ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिने ५ जनालाई १ कित्ताका दरले थपिएकाे  छ । आज बिहान १० बजे माउन्टेन इनर्जी आइपिओको बाँडफाँड नेपाल लिमिटेडको कार्यालय डिल्लीबजार, काठमाडौँमा बाँडफाँड गरिएको हो ।


कम्पनीको आइपिओमा ६ लाख ७४ हजार जना आवेदकले १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताको लागि आवेदन दिएका थिए । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ७.६१ गुणा धेरै आवेदन परेको थियो ।
गोलाप्रथाबाट बाँडफाँड गर्दा एक लाख ८३ हजार २६ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने बाँकी ४ लाख ९० हजार ९७३ जना आवेदकको भने हात खाली भएको छ । कम्पनीले २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरेको हो ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार ११:३१