१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

सानिमा माई हाइड्रोपावरले घोषणा गर्याे लाभांश, बोनस शेयर र नगद कति ?

१६ मंसिर, काठमाडौँ । सानिमा माई हाइड्रोपावर लिमिटेडको लाभांश घोषणा गरिएको छ । कम्पनीको  मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश वितरणको लागि कम्पनीले पुस २३ गते साधारणसभा आह्वान गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस १३ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेकोले पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन्।

प्रकाशित मिति : December 1, 2020 at 11:44 am