५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

संविधान संशोधनमा एमाले लचक, उपेन्द्र यादव परराष्ट्रमन्त्री बन्दै


१४ फागुन, काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संविधान संशोधन गर्न सहमत भएका छन । एमालेको सहमतिसँगै संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने सम्भावना समेत बढेको छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा यस्तो संविधान संशोधनमा अनौपचारिक सहमति जुटेको हो ।

यादव उक्त सहमतिलाई पार्टीमा छलफल गर्ने भन्दै पार्टी कार्यालयतर्फ लागेका छन । तीन नेताको सहमतिलाई औपचारिक रुपमा दिन सहमतिको खाका बनाउन एमालेका नेताहरु जुटेका छन ।

सहमतिमा हस्ताक्षर भए आजै उपेन्द्र यादव परराष्ट्र मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सहभागी हुने बालुवाटार स्रोतले जनाएको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७४, सोमबार १४:१९