नेकपाको पहिलो स्थायी समिति बैठक भोलि, छलफलका लागि तय भएका चार एजेण्डा यी हुन
१ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पहिलो स्थायी समिति बैठक भोलि बस्ने भएको छ । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले नेकपाको स्थायी समितिको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा ३ बजेका लागि बोलाइएको जानकारी दिए । उनले स्थायी कमिटीको बैठक अघि २ बजे केन्द्रीय सचिवालयको बैठक बस्ने समेत बताएका छन ।
बैठकका लागि चार वटा एजेण्डा तय भएका छन । जसमा दुई अध्यक्षको संयुक्त सम्बोधन, संगठनको हालसम्मको प्रगति विवरण महासचिवले प्रस्तुत गर्ने, नियमावली अनुमोदन गर्ने र प्रधानमन्त्रीको चीन भ्रमणका बारेमा छलफल हुने जनाइएको छ ।
प्रकाशित मिति : १ असार २०७५, शुक्रबार ०९:३८