११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

चितवनमा ट्रक र माइक्रोबस ठोक्किदा ३ को मृत्यु

१ असार, चितवन । मुग्लिनमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन् ।
काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रकले पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबसलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

चितवन प्रहरीका अनुसार मृत्यु हुने ३ जनाको सनाखत हुन सकेको छैन ।घाइतेहरुको उद्धार गरेर उपचारका लागि भरतपुर ल्याइएको छ । घाइतेमध्ये ट्रकका चालक हेटौंडा उपमहानगरपालिका बासामाडीका सुरेश बलको मात्रै परिचय खुलेको छ ।ट्रक त्रिशूली नदी किनारमा पुगेको छ भने प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७५, शुक्रबार ०८:५१