१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

प्रभु लाइफलाई आईपीओ निष्काशन गर्ने धितोपत्र वोर्डको अनुमति

१२ मंसिर, काठमाडाैँ । प्रभु लाइफ इन्स्योरेन्सलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले इन्स्योरेन्सलाई आईपिओ निष्काशन गर्न मंसिर ११ गते बिहिबार अनुमति दिएको हो ।

चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीले धितोपत्र बोर्डबाट ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीले शेयर निष्काशन माग गर्दै गत असोज २१ गते बोर्डमा आवेदन गरेको थियो ।

कम्पनीको आईपीओलाई रेटिङ कम्पनी इक्रा नेपालले इक्राएनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको हो । यसले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको जनाउछ । कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडलाई रहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार १६:१७