१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

युनाईटेड इदी मार्दीको प्रि अलटमेन्ट सकियो, आगामी साता बाँडफाँड हुने

१२ मंसिर, काठमाडाैँ । युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरले बिक्रीमा ल्याएको आईपीओ आगामी साता बाँडफाँड हुने भएको छ ।बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल अनुसार कम्पनीको आईपीओको आज प्रि अलटमेन्ट सकिएको छ। अब ढिलोमा आगामी मंगलबार सम्ममा आइपीओ बाँडफाँड गर्ने क्यापिटलले जनाएको छ।  प्रि अलटमेन्ट भएपछि आगामी ३ दिन भित्र आईपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । सो मध्ये बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता सहित कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशनमा ल्याएको हो ।

त्यस मध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयरमा मात्रै सर्वसाधारणमा बाँडफाँड गरिने छ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार १२:५७