६ मंसिर २०८१, बिहीबार | Thu Nov 21 2024

आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउँदै पिपुल्स पावर

१२ मंसिर, काठमाडाैँ । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने प्रकृया अघि बढाएको छ ।कम्पनीले कुल लगानीकाे ३० प्रतिशत बराबरकाे आईपीओ निष्काशन गर्ने लागेकाे हाे ।

आईपीओ निष्काशनको लागि कम्पनीले प्रभु क्यापिटललाई विहीबार शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौता गरेको छ संझौता पत्रमा पिपुल्स पावरका तर्फबाट सञ्चालक सन्तोष राज नेपाल र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार कम्पनीको शेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्पुर्ण काम प्रभु क्यापिटलले गर्नेछ ।

कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि कूल शेयर लगानीको ३० प्रतिशत प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्नेछ । आईपीओ निष्काशन गर्ने प्रस्ताव कम्पनीको गत भदौ २७ गते सम्पन्न साधारण सभाले पारित गरीसकेको छ ।

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वार्ड नं.१ साँखेजुङ र वार्ड नं.४ माइपोखरी भइ बग्ने पुवाखोलामा ४.९६ मेगावाटको क्षमताको पुवा दोस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार १०:०३