बिहिबार कति छ सुनको मुल्य ?
११ मंसि, काठमाडौँ । नेपाली बजारमा बिहिबार सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।
यस्तै, तेजावी सुन प्रतितोला ९१ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी आज प्रतिताेला १ हजार १ सय ७५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार ११:२८