१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

नेप्सेमा एनआईसी एशिया बैंकको बाेनस शेयरमूल्य समायाेजन

१० मंसिर, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआईसी एशिया बैंक लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ ।  बैंककाे १९ प्रतिशत बाेनस शेयर पछि प्रतिकित्ता ५८६ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे ।

नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ६९७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । बैंककाे २३औं वार्षिक साधारण सभा मंसिर २१ गते हुँदैछ । सभामा बैंककाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार ११:०८