२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

अनुमति बिना सरकारी कर्मचारीलाई निजी इन्स्टिच्युटमा पढाउन रोक

८ मंसिर, काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी कर्मचारीलाई अनुमति बिना लोकसेवा तयारीसम्बन्धी कक्षामा पढाउन रोक लगाएको छ । निजामती सेवालाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले आयोग वा अन्य निकायबाट हुने प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा चलाउने निजी इन्स्टिच्युटमा बिना अनुमति पढाउन मन्त्रालयले रोक लगाएको हो ।


मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै लोकसेवा आयोग तथा अन्य निकायबाट सञ्चालन हुने प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा चलाउने निजी इन्स्टिच्युटमा उच्च पदस्थ कर्मचारीहरू आफैं गएर तथा अनलाइन माध्यमबाट प्रशिक्षण दिन नपाउने निर्णय गरेको छ ।

यसअघि कुनै मन्त्रालय वा निकायबाट बाहिर गएर प्रशिक्षण दिनेलगायतका विषयमा अनुमति लिएको भएमा त्यस प्रकारका सबै अनुमतिसमेत रद्द गर्ने मन्त्रालयले निर्णय गरेको छ । स्वीकृति बिना कुनै कर्मचारी प्रशिक्षण कार्यमा संलग्न भएको पाइए कारबाही गरिने समेत मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार ०७:२८