१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

आइतबार पनि बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

७ मंसिर, काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य केही बढेको छ। आइतबार सुनकाे मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला ९४ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आइतबार तेजावी सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ । चाँदी आज प्रतिताेला १ हजार २ सय १० रूपैयाँ नै कायम रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आईतवार ११:४३