१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

शुक्रबार नेप्सेमा फर्स्ट माइक्रोफाइनान्सको बाेनस शेयर मूल्य समायाेजन

५ मंसिर, काठमाडौँ । शुक्रबार फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायाेजन भएकाे छ । कम्पनीकाे ९.५ प्रतिशत बाेनस शेयरपछि नेप्सेले प्रतिकित्ता ५७६ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे ।

नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ६३१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि आज एक दिनका लागि बुकक्लोज गर्दैछ । यसमा मंसिर ४ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार ०९:५४