१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

सेनामाथिको हस्तक्षेपमा असफल बादल गृहमन्त्री, के होला प्रहरीमा ?


१४ फागुन, काठमाडौँ । पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारका रक्षामन्त्री रामबहादुर थापा राष्ट्रियसभाको बाटोबाट गृहमन्त्री बन्ने भएका छन । माओवादी भित्र शालिन तर उपभोगवादी नेताको आरोप खोप्ने गरेका बादल माओवादी नेतृत्वको पहिलो सरकार ढल्ने कारक बनेको रुकमांगत कट्वाल प्रकरणको समयमा रक्षामन्त्री रहेका थिए ।

तत्कालीन प्रधान सेनापति कट्वाललाई पटक पटक स्पष्टिकरण सोधेर कु गर्न खेजेका बादलले अन्ततः माओवादीको सरकार नै गिर्ने अवस्थामा पु¥याएका थिए । सेनाभित्र कम राजनीति हुने भएकाले थापाको प्रयास असफल भए पनि अब चरम राजनीतिक खेल हुने प्रहरीमा थापा गृहमन्त्री भएपछि के होला भन्ने अह्व प्रश्न उब्जिएको छ ।

प्रहरीका उच्च अधिकृतहरु नै पछिल्लो पटक राजनीतिक दलाली गर्न र प्रतिशोधपूर्ण व्यवहार गर्न तम्सिरहेको पछिल्लो अवस्थामा थापाले प्रहरीलाई सुधार्लान वा अस्तव्यस्त बनाउलान त्यसका लागि आगमी सय दिन नै पर्याप्त हुन्छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७४, सोमबार १२:३५