३० कार्तिक २०८१, शुक्रबार | Sat Nov 16 2024

टिका प्रसाईको नयाँ गीत ‘माया लाउँ कि नलाउँ भो’ सार्वजनिक

२ मंसिर, काठमाडाैँ । चर्चित गायिका टिका प्रसाईको नयाँ गीत ‘माया लाउँ कि नलाउँ भो’को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा चुडामणि पौडेल र गायिका टिका प्रसाईको युगल स्वर सुन्न सकिन्छ। गीतका शब्द चुडामणि पौडेलले लेखेका हुन् भने टिका भण्डारीले गीतलाई संगीतवद्द गरेका हुन्। रोमी बस्नेतले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

धुलिखेलमा छायांकन गरिएको म्युजिक भिडियोमा बालकलाकार अन्सुमन पौडेल र अकेशा पोखरेलको साथमा संचारकर्मी रमेश तिवारी र नायिका केकी अधिकारीको मुख्य भुमिका रहेको छ। भिडियोलाई आइपी आचार्यले कोरियोग्राफी गरेका हुन्। भिडियोमा उत्सव दहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ। शंकर कोइराला र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो।

गायिका टिका प्रसाईको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पुर्ण संगीतप्रेमीलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलवार १६:०२