१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर हिताग्राही खातामा जम्मा

२८ कात्तिक,  काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर शेयरधनीहरुको हिताग्राही खातामा जम्मा गरेको छ । कम्पनीको असार २४ गते सम्पन्न १५औं वार्षिक सभाबाट पारित भएको ८.१२५ प्रतिशत शेयर कम्पनीले शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।


कम्पनीले एक सूचना प्रकाशित गर्दै असार ७ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको शेयर सम्बन्धित हितग्राही खातामा उक्त बोनस जम्मा गरिएको जानकारी गराएको छ । हालसम्म पनि शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई आफ्नो शेयर अभौतिकिकरण गराउन समेत लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार ११:५०