१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

बैंक अफ काठमाण्डूको शेयरमा मूल्य नेप्सेमा समायाेजन

२८ कात्तिक, , काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डू लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ ।
बिहीबारको अन्तिम कारोबार मूल्य २९६ रुपैयाँका आधारमा मूल्य समायोजन गरिएको स्टकले जनाएको छ ।


बैंकको २६औं वार्षिक साधारण सभा मंसिर १५ गते, साेमबार बैंककाे प्रधान कार्यालय, कमलपोखरी, काठमाडौँमा हुँदैछ । सभाले आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर सहित) गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार १०:४३