बुधबार बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
२६ कात्तिक, काठमाडौँ । बुधबार सुनकाे मूल्यमा सामान्य वृद्धि भएको छ । आज छापावाला सुन प्रतितोला १ सय रुपैयाँले बढेर ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतिताेला ९४ हजरा ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, चाँदीकाे मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतिताेला १ हजार २ सय २० रूपैयाँ कायम रहेको महासंघले जनाएकाे छ ।
प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार ११:१७










