११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

झण्डै ३ अर्ब बिगो दाबी गरिएको भिएलएनका अध्यक्ष राम श्रेष्ठविरुद्धको ठगी मुद्दा हेर्दाहेर्दैमा

२९ जेठ, काठमाडौँ । नेपालबाट मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएर लुट मच्चाएको आरोपमा पक्राउ परेका भिएलएनका अध्यक्ष राम श्रेष्ठविरुद्धको हेर्दाहेर्दैमा पेशी तोकिएको छ । श्रेष्ठको वयानपछि श्रेठविरुद्धको ठगी मुद्दा हेर्दाहेर्दैमा बुधबारका लागि पेसी तोकिएको छ ।

जिल्ला न्यायाधीश अम्बर बस्नेतको इजलासमा थुनछेक सुरु भए पनि मंगलबार बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको हा । सरकारी वकिलको कार्यालय काठमाडौंले करिब ३ अर्ब बिगो दाबी गर्दै श्रेष्ठ विरुद्ध सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।

वैदेशिक रोजागरीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा श्रेष्ठले ठगी गरेकाले २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बराबरको बिगो असुल हुनुपर्ने दाबी आरोपपत्रमा गरिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलवार १८:३५