१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

टीकापुर नरसंहारका मुख्य अभियुक्त रेशम चौैधरीद्धारा आत्मसमर्पण


१४ फागुन, काठमाडौँ । टीकापुर नरसंहारका मुख्य अभियुक्त रेशमलाल चौधरीले आत्मसमर्पण गरेका छन । चौधरीले आज कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन । चौधरी कैलाली क्षेत्र नम्बर १ बाट राजपाको तर्फबाट प्रतिनिधिसभामा विजयी उम्मेदवार हुन ।

यही फागुन २० गतेको सपथ अगावै उनको मुद्दाको छिनोफानो हुने संकेत देखिएको छ । थरुहट आन्दोलनका क्रममा प्रदर्शनकारीबाट नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र नाबालक टेकबहादुर साउद मारिएका थिए ।

सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई लखेटीलखेटी घरेलु हतियारले हानेर र आँगनमा खेलिरहेका नाबालकलाई मारिएको टीकापुर घटनको अहिले पनि चर्को आलोचना हुने गरेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७४, सोमबार ११:४६