१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

ठेकेदार शारदा अधिकारी बारे प्रचण्डले मुख खोले, गल्ती गरे मेरो घरबेटीलाई पनि कारबाही हुन्छ

२९ जेठ, चितवन । ठेकेदार शारदा अधिकारी बारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले मुख खोलेका छन । मंगलबार प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा चितवनमा गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले गल्ती गरे आफ्नो घरबेटीलाई पनि कारबाही हुने बताए ।

उनले लापर्वाही गर्ने ठेकेदारहरुलाई कारबाही गरिने प्रतिवद्धता समेत जनाए । अध्यक्ष प्रचण्डले ठेकेदारमाथिको बारबाहीबारे आफूले गृहमन्त्रीलाई बोलाएर कुनै निर्देशन नदिएको स्पष्ट गर्दै गल्ती गर्ने सबैलाई कारबाही गर्नुपर्ने बताए ।

प्रचण्ड नुवाकोट स्थायी घर भएका शैलुङ कन्स्ट्रक्सनका मालिक अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलवार ११:३४