११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

अमेरिका–उत्तर कोरिया ऐतिहासिक शिखरवार्ता (हेर्नुहोस् सात तस्बीर)

२९ जेठ, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच ऐतिहासिक भेटवार्ता भएको छ । सिंगापुरको होटल क्याम्पेलामा मंगलबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो । वार्तास्थलमा पुगेलगत्तै दुवै नेताहरुले हात मिलाएका थिए । यो भेटवार्ता करिब एक घण्टा चलेको थियो भने भेटवार्तामा दोभाषेको पनि व्यवस्था गरिएको थियो ।

दुर्इ देशबिच पहिलोपटक भएको वार्तामा उत्तर कोरियालाई परमाणु अस्त्र निशस्त्रीकरण गराउनु आफ्नो पहिलो उद्देश्य रहेको अमेरिकाले जनाएको छ । यसको बदलामा उत्तर कोरीयाको सुरक्षाको ग्यारेण्टी अमेरिकाले गर्ने र विकासका कुरामा पनि जोड दिने अमेरिकाको भनाई छ ।

 अमेरिकाले चीनले चाहेमा वार्ता निष्कर्षमा पुग्ने पनि बताएको छ । उत्तर कोरियाली नेता उनले आफ्नो अवको लक्ष्य विकास र सम्बृद्धि हुने बताएका छन् । उनले अन्तराष्ट्रिय लगानीको ग्यारेण्टी समेत खोजेका छन ।
हेर्नुहोस वार्ताका सात तस्बीर 

तस्बीरहरूः सिएनएन डट कम

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलवार ०९:३२