८ चैत्र २०८२, आईतवार | Mon Mar 23 2026

बेलायती राजकुमार विलियमलाई कोरोना संक्रमण

१७ कार्तिक, एजेन्सी । बेलायती राजकुमार विलियमलाई  कोरोना  संक्रमण पुष्टि भएकाे छ । उनलाई गत अप्रिल महिनामै कोरोना सङ्क्रमण भएको ब्रिटिश राजदरबारका स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अप्रिलमा बुवा प्रिन्स अफ वेल्स चार्ल्सलाई सङ्क्रमण भएसँगै उनलाई पनि काेराेना सङ्क्रमण भएको जनाइएको छ ।

३८ वर्षीय विलियमले सर्वसाधारणमा अनावश्यक तनाव नहोस् भनेर आफ्नो सङ्क्रमणकाबारे सार्वजनिक जानकारी नदिएको हुन सक्ने वेलायती सञ्चार माध्यमहरूले जनाएका छन्।

राजकुमार विलियमको निवास तथा कार्यालय रहेको केन्सिङ्टन दरबारले भने अहिलेसम्म यसबारे आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । विलियलले ‘अन्य महत्त्वपूर्ण कुराहरू भइरहेको र कसैलाई पनि तनाव दिन मन नलागेकोले’ सङ्क्रमणका बारेमा नबताएको सनले लेखेको छ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार १२:३४