५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

३८ क्वीन्टल सुन तस्कर गोरे, एसएसपी खत्री र भुजुङलाई काठमाडौं ल्याइदै

२८ जेठ, काठमाडौं । सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे,एसएसपी खत्री र राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङलाई सोमबार दिउँसो काठमाडौं ल्याइने भएको छ ।

उप्रेतीसँगै ३८ क्वीन्टल सुन तस्कर गरेका दुबैलाई जिल्ला अदालत मोरङको अनुमतिमा काठमाडौं ल्याउन लागिएको हो ।
गोरे र भुजुङलाई जिल्ला कारागार, मोरङमा राखिएको थियो भने खत्रीलाई क्षेत्रीय कारागार, झुम्कामा राखिएको थियो ।

तीनै जनालाई काठमाडौंमा ल्याएर सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाउने तयारी भइरहेको छ । सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धानका लागि काठमाडौं ल्याइएको वेला छानबिन समितिले पनि थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७५, सोमबार १०:४३