१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

संघीय फोरम र राजपालाई राष्ट्रिय दलको रुपमा राख्ने सहमति

२७ जेठ, काठमाडौँ । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) ले राष्ट्रियसभामा राष्ट्रिय दलको रुपमा राख्ने सहमति गरेकोे छ । दुवै दलले राष्ट्रियसभामा राष्ट्रिय दलले पाउने सेवा सुविधा पाउने भएका छन् ।

राष्ट्रियस भाको नयाँ नियमावलीमा उक्त दललाई पनि राष्ट्रिय दलको रुपमा राख्ने सहमति भएको राष्ट्रियसभाका अध्यक्षका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिनुभयो ।

दुवै दलका दुई÷दुईजना राष्ट्रियसभा सदस्य छन् । राष्ट्रियसभाको बैठक शुरु हुँदैछ । आजको बैठकले राष्ट्रियसभा नियमावली पारित गर्नेछ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७५, आईतवार १४:२०