२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गरौँः मुख्यमन्त्री पोखरेल

८ कात्तिक, काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गर्न अनुरोध गर्नुभएको छ । शनिबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत मुख्यमन्त्री पोखरेलले आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गर्न अनुरोध गर्नु भएको हो ।

उहाँले भारतीय प्रधानमन्त्रीको सन्देश बहाकको रूपमा नेपाल आएका र का प्रमुखसँग प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटको विषयलाइ लिएर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक आलोचना भएपछि देशको प्रधानमन्त्रीप्रति भरोसा गर्न अनुरोध गर्नुभएको हो ।

उहाँले फेसबुकमा यस्तो लेख्नु भएको छ ‘भारतीय प्रधानमन्त्रीको सन्देश वाहकका रुपमा र का प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्रीलाई भेटे । यता नेपाली प्रधानमन्त्रीको विरोध सुरु भो । विरोधको योजना हो या नियती रु वुझ्न गाह्रो भो । आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गरौ । नेपाल र भारत विचको सिमा समस्याको परिणाम सुखद होस् कामना गरौ ।’

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार २०:२९