१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

माओवादी मन्त्रीको सूची ओलीको खल्तीमा, एमालेमा अलमल


१४ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । माओवादीबाट सरकारको नेतृत्व रामबहादुर थापा बादलले गर्ने भएका छन ।

उनलाई माओवादीले पाउने गृह मन्त्रालयको जिम्मेवारीका लागि सिफारिस गरिएको छ । यसअघि गृहमन्त्रीमा वर्षमान पुन ‘अनन्त’ले पनि दावी गरेका थिए । यद्यपी उनी चर्चामै सीमित भएका छन ।

यसैबीच नेकपा एमालेबाट को को मन्त्री बन्ने भन्ने अझै अन्योलता देखिएको छ । चर्चामा महासचिव इश्वर पोखरदेखि लिएर सचिवद्धय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट रहेपनि सरकारमा सहभागी हुनेको टुंगो लागि सकेको छैन । जसले गर्दा एमालेभित्र अलमल देखिएको छ ।

ओलीले अर्थमन्त्री बनाउन चाहेका डा युवराज खतिवडालाई सर्वोच्च अदालले सांसद हुनबाटै रोक्ने आँकलसहित ओलीले अब महासचिव पोखरेललाई उपप्रधानसहित अर्थ मन्त्रालय दिने तयारी गरिएको बुझिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७४, सोमबार ११:१७