५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

घाँस काट्न रूखमा चढेका राजकुमार बस्नेतको लडेर मृत्यु

२७ जेठ, पर्वत । पर्वतको मोदी गाउँपालिका–६ तिलाहारमा एक व्यक्तिको शनिबार रूखबाट लडेर मृत्यु भएको छ । सोलुखुम्बु सल्लेरी घर भई विगत ३ वर्षदेखि सोही क्षेत्रमा मजदुरी गर्दै आएका ४० वर्षीय राजकुमार बस्नेतको रूखबाट लडेर मृत्यु भएको हो ।

प्रतिकात्मक तस्बीर ।

विगत एक महिनादेखि स्थानीय दिलमाया नेपालीको घरमा बस्दै आएका बस्नेत शनिबार साँझ दिलमायाको बारीमा रहेको काभ्रोको रुखमा घाँस काट्न चढदा रूखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७५, आईतवार ०८:२६