५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

नुहाउने क्रममा खोलामा डुबेर युवकको मृत्यु

२६ जेठ,बैतडी । खोलामा डुबेर बैतडीमा आज एक युवकको मृत्यु भएको छ ।

वनभोज खान हिँडेका दशरथचन्द नगरपालिका–४ गोठलापानीका २५ वर्षीय अशोकमणि भट्टको नीलगाडस्थित खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७५, शनिबार १८:४०